केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलवायु परिवर्तनका असर : बातावरण जोगाउन नछाडौं कुनै कसर

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : दिनप्रतिदिन विश्वको जनसंख्यामा वृद्धि भइरहेको छ । बढ्दो जनसंख्याको बढ्दो आवश्यकता पुरा गर्न प्राकृतिक स्रोतहरुको प्रयोग पनि बढ्दै गइरहेको छ, फलस्वरुप वातावरण प्रदुषण, प्राकृतिक प्रकोप, पृथ्वीको तापक्रममा वृद्धि र जलवायु परिवर्तन जस्ता अनेकौँ समस्याहरु पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

मानिसले आफ्ना आवश्यकता पुरा गर्न वनजङ्गल फडानी गरिरहँदा यसको दिर्घकालिन असर भने कसैले अनुमान सम्म लगाउन सकेका छैनन् । सबैलाई थाहा छ, आफुहरुले गरिरहेको कामबाट भोली कस्तो असर पर्छ भनेर, तर कसैले पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउन भने चाँहदैनन् । गाँस, बास र कपासको आवश्यकता पुरा गर्न दिनप्रतिदिन वन जङ्गल फडानी गर्ने प्रवृति बढ्दै गइरहेको छ । वनजङ्गल फडानी गरेर खेती गर्ने, घर बनाउने, उद्योगधन्दा खोल्ने जस्ता कार्यहरु तीव्र गतिमा अघि बढिरहेको छ ।

यता वन फडानी गर्नाले बाढि पहिरो, भुक्षय जस्ता समस्याहरु देखा पर्छ भने बढ्दो अव्यवस्थित शहरिकरण र औधोगिकरणले वायु, माटो, ध्वनी र पानी सबैखाले प्रदुषण निम्त्याउँछ । उद्योगधन्दाहरुबाट निस्कने विभिन्न प्रकारका रसायनहरुले पृथ्वीमा अनेकौँ समस्याहरु निम्त्याउँछ । प्लास्टिकजन्य पदार्थको प्रयोग पनि बढ्दै गएको देखिन्छ । प्लास्टिक त अझ पृथ्वीको एक शत्रु नै भन्दा पनि हुन्छ । यो नकुहिने पदार्थ हो । फलस्वरुप प्रयोगहिन प्लास्टिकहरु जलाउँदा पनि वायु प्रदुषण हुने र त्यसै फाल्दा पनि नकुहिने हुँदा माटो प्रदुषण भई उर्वराशक्तिमा ह्रास आउने हुन्छ ।
दिनानुदिन पृथ्वीको तापक्रम बढ्दै गएको छ । दुषित हावा र केमिकलहरुका कारण ओजोन तह पनि नष्ट हुन्दै गएको छ, फलस्वरुप सुर्यबाट आउने किरण नछानि सोझै पृथ्वीमा पर्छ । यसले पृथ्वीकोे तापक्रम बढाउने र सजिव प्राणीहरुमा अनेक समस्या ल्याउन सक्छ ।

मानविय व्यवहारकै कारण वातावरण प्रदुषण, पृथ्वीको तापक्रममा वृद्धि लगायतका समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको छ । खेतीयोग्य जमिनहरु मासिँदै गइरहेका छन् भने बचेकुचेका जमिनकोसमेत उर्वराशक्ति नष्ट हुँदै गएको छ, फलस्वरुप उब्जनिमा कमि आउन थालेको छ ।
आजभोली गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुन्छ । फलफुलहरु पनि समय नै नभई फुल्ने र फल्ने गर्न थालेका छन् । यो जलवायु परिवर्तनको असरको एक उदाहरण हो ।

मानिस समयमा नै सचेत भई वातावरण र पृथ्वीको संरक्षणमा ध्यान नदिने हो भने पृथ्वीमा सजिव प्राणीहरुको अस्तित्व सखाप हुन अब समय लाग्ने छैन् । यसर्थ समयमा नै गम्भिर भई आफैँबाट परिवर्तन सुरु गर्नु जरुरी हुन्छ । सर्वप्रथम बोटविरुवा काट्न छाडेर रोप्नतर्फ लाग्नु पर्छ । शहरीकरण र औद्योगीकरणलाई व्यवस्थित गर्नुपर्छ । प्लास्टिकजन्य पदार्थको प्रयोगमा नियन्त्रण गरिनु आवश्यक देखिन्छ । समयमा नै सचेत भई परिवर्तन आफैँबाट सुरु गरि भोलीका सन्ततीलाईसमेत स्वस्थवद्र्धक हिसावले बाँच्न दिनका लागी पनि हामी सवैले वातावरणको अस्तित्व जोगाउनका लागि आफ्नो धर्म निभाउनु आवश्यक छ भने राज्यले यस विषयमा गंभिर भई बातावरण खल्वल्याउने किसिमका कार्यमा रोक लगाउन जरुरी छ ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्