केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब इटहरी उपमहानगरबारे सम्पूर्ण जानकारी मोबाइलबाटै

सहयात्रा टिभी

इटहरी । भदौ–२९, हरित नगर सुनसरीको इटहरीका बारेमा सम्पूर्ण जानकारी विश्वको जुनसुकै ठाउँमा रहेर पनि मोबाइलबाटै थाहा पाउन सकिने भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी मोवाइलमै हेर्न सकिने व्यवस्था मिलाइएको हो ।

डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भइसकेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ ।

प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति हुने छ ।यसैगरी, घरको जीपीएस नम्बरसहित कुन रोड र वस्तिमा छ सो पनि जानकारी हुने छ ।

तथ्यांक संकलनका लागि ६१ जना गणकहरु एप र जीपीएस चल्ने मोवाइल वोकेर इटहरीका प्रत्येक घर पुग्ने छन । उनीहरुले डिजिटल प्रविधि मार्फतनै तथ्यांक संकलन गर्ने छन् । उनीहरु प्रत्येक घर पुगे पुगेनन जीपीएस प्रविधिमार्फत थाहा हुने छ । गणकहरुले असोज महिना भित्रमा तथ्यांक संकलन गरी सक्ने छन् ।

नगरप्रोफाइलमा नगरपालिकाको चिनारी, जनसंख्याको सबै पक्ष समेटिएको बिस्तृत जानकारी, आर्थिक बिबरण, भूउपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, ब्यापार तथा ब्यवसाय सम्बन्धी जानकारी समेटिने छ ।

यसैगरी बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्