केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बम बिस्फोट गराएको आरोपमा नेकपाका प्रवक्ता प्रकाण्डलाई उदयपुर लगियो

सहयात्रा टिभी

उदयपुर । भदौ–३१, नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई उदयपुर लगिएको छ। उनलाई बम बिस्फोट सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाही गर्न उदयपुर लगिएको हो।

विश्वकर्माले राजधानीमा बसेर अत्यधिक चन्दा संकलन गरेको र देशभर बिस्फोट कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ। उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार विश्वकर्माले गत चैत २८ गते त्रियुगा नगरपालिका-१३ मा बिस्फोट गराएको उजुरी छ। सोही बिस्फोटसम्बन्धी मुद्दामा कारबाही चलाउन विश्वकर्मालाई आइतबार अदालत लैजाने प्रहरीको तयारी छ।

सर्वोच्च अदालतले भदौ २९ गते उनलाई रजिष्ट्रारको रोहबरमा छोड्न आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण मुद्दामा बारम्बार भएको आदेशलाई सम्मान नगरेको भन्दै ‘नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोग विषयमा सरकार तथा मातहत निकायहरू असंवेदनशील र गैरजिम्मेवार हुने छुटको लागि अदालत मौन रहन नसक्ने’ भन्दै आदेशमा सरकारको ध्यानाकर्षण गराइएको थियो।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्