केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज दोहोरो अङ्कले बढ्यो शेयर बजार

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साढे १२ सय अङ्क पार गरेको छ । आइतबार नेप्से ११ दशमलव ६९ अङ्कले बढेर उच्च अङ्क कायम भई बन्द भएको हो

। आज आइतबार परिसूचकसँगै नेप्सेको कारोबार रकममा पनि भारी वृद्धि आउँदै एक अर्ब नजिक पुगेको छ । १ हजार २ सय ४५ दशमलव ११ अङ्कबाट सुरु भएको बजार दोहोरो अङ्कले बढ्दै १ हजार २ सय ५६ दशमलव ५३ अङ्क कायम भएको छ ।

आज बजार बढेको दिन नेप्सेमा १ सय ६६ कम्पनीका ८ हजार ९ हजार १६ ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर खरिद बिक्री भई ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा आज कारोबार भएका सबै समूहमा सकारात्मक सुधार आएको छ । सबैभन्दा बढी जीवन बिमा ४८ दशमलव ५, उत्पादनमूलक २६ दशमलव ५१, विकास बैङ्क २० दशमलव ६८ र निर्जीवन बिमा २० दशमलव १९ अङ्कले बढेको छ ।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्