केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बरिष्ठ डाक्टरहरु सहित हृयाम्स अस्पतालद्धारा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–३१, बरिष्ठ विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा, सुविधा र प्रविधिसहितको सेवा प्रदान गर्दैछ । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पताल डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकाश सायमी, डा भोला रिजाल लगायतका बरिष्ठ विशेषज्ञ डाक्टरहरु सहित अत्याधुनिक सुविधा लिएर सञ्चालनमा आएको हो ।


हृयाम्स अस्पतालमा नेपालका बरिष्ठ डाक्टरहरु सहित ठूलो लगानीमा निर्मित अत्याधुनिक भवनबाट उपचार सेवा सुरु भइसकेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए । उनले धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको कुरा समेत स्पष्ट पारेका छन् ।
अस्पतालका लागि आवश्यक उपकरण र प्रबिधिहरू सिधै बहुराष्ट्रिय कम्पनीहरुबाट मगाइएको भण्डारीले बताए । हृयाम्स अस्पतालको अहिलेसम्मको इतिहास, नेपालकै नाम चलेका विशेषज्ञ डाक्टरको जमघट र अत्याधुनिक प्रबिधि र उपकरणको त्रिपक्षीय विशेषताका कारण हृयाम्पस अस्पताल सबैको भरोसायोग्य अस्पताल बन्न सक्ने विश्वास लिइएको उनले बताए ।

ठूलो लगानी र अन्तर्राष्ट्रियस्तरको प्रबिधि भित्र्याएर सुरु गरिएको हृयाम्स अस्पताल नेपालमा हाल चलिरहेका निजी क्षेत्रका अस्पतालहरुमध्ये केही बिधामा अत्याधुनिक रहेको बताइएको छ ।
सरकारी र निजी अस्पतालहरुलाई सर्जिकल लगायत मेडिकल उपकरण सप्लाई गर्ने व्यवसायी भण्डारीको पहलमा हृयाम्स अस्पताललाई पुनर्जीवन दिइएको डा. भगवान कोइरालाले बताए ।

डा भाष्करराज पन्त,विज्ञान भण्डारी, सन्दीप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा सुरु गरिसकेको भण्डारीले जानकारी दिए । त्यस्तै नाक कान घाँटी विशेषज्ञ डा. विमल सिन्हाको टिम पनि हाम्पसमा गएको छ ।
हृयाम्समा मुुटुरोग विशेषज्ञहरु डा. भगवान कोइराला, दिवाकर शर्मा, रोशन राउत, फोक्सो रोग विशेषज्ञ अर्जुन कार्कीले विशेषज्ञ सेवा शुरु गरेका छन् । त्यस्तै आइओएमका पूर्व डीन प्रकाश सायमी, गीता सायमीका साथै चर्चित स्त्रीरोग विशेषज्ञ पदमराज पन्त, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल,युरोलोजीका चर्चित डाक्टर प्रेमराज ज्ञवाली पनि हृयाम्पसमा छन् ।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्