केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मलाका बाबुआमाले प्रधानमन्त्री ओलीलाई भेट्दै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ५४ दिनअघि बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषी पक्राउ पर्न नसकेको अवस्थामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका हुन् ।

केही दिन अघि न्याय माग्न काठमाडौं आएका उनीहरूले गृहमन्त्री लगायत विभिन्न अधिकारीहरूसँग भेट गरिसकेका छन्।बालुवाटारमा हुने भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले सोमबार बिहान मानव अधिकारवादीहरूसहित प्रधानमन्त्री ओलीलाई भेट्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार चेतन अधिकारीले जानकारी दिए।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्