रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीको वार्षीकोत्सव सम्पन्न
काठमाण्डौं । असोज–२, ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि (ओइपिल) अन्तर्गत सञ्चालन हुने च्यानल रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले सोमबार आफ्नो वार्षीकोत्सव मनाएका छन् । आफ्नो प्रशारणको एक वर्ष पुरा भएको अवसरमा यी दुई च्यानलहरु रमाइलो र एक्सन स्पोर्टसले सोमबार वार्षीकोत्सव मनाएका हुन् ।
बार्षिकोत्सवको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले दुवै च्यानलहरुलाई शुभकामना दिँदै आगामी दिनमा अझ परिस्कृत रुपमा अगाडि बढ्नेमा आशावादी रहेको समेत बताएका छन् । त्यसैगरि कार्यक्रममा ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जन क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुई च्यानलहरुलाई स्थापित गर्ने बताए ।
छोटो समयमा नै निकै लोकप्रिय बनेका यी च्यानलहरु वि.सं.२०७४ साल असोज १ गते विश्वकर्मा पूजाको दिनबाट प्रशारणमा आएका हुन् । नेपालको एक मात्र मनोरञ्जनात्मक च्यानलको रुपमा अगाडि बढिरहेको च्यानल रमाइलो टिभी एचडी मनोरञ्जन क्षेत्रलाई विशुद्ध रुपमा प्रशारण गर्ने उद्देश्यले सञ्चालनमा आएको हो । त्यसैगरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेल सामाग्रीहरु प्रशारण गरेर खेल प्रेमीहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले एक्सन स्पोर्टस् च्यानल पनि अघि बढिरहेको छ ।