केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीके राउतका १०० जना भन्दा बढी कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, धनुषाबाट प्रहरीले सीके राउतका १०० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । आज संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको तयारीका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, सिरहा, सप्तरी, रौतहट र रुपन्देहीलगायतका स्थानबाट पनि राउत समर्थकलाई पक्राउ गरिएको जनाइएको छ ।

कार्यक्रम गर्ने भनिएको बाह्रविगाह मैदानलाई प्रहरीले घेरा हालेको छ । जनकपुरका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्