आज नेप्सेमा ३ अङ्कको गिरावट

काठमाण्डौं । असोज–४, साताको अन्तिम दिन आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ दशमलव ७४ अङ्कको गिरावट आएको छ । आज १ हजार २ सय ५९ अङ्कबाट सुरु भएको बजार ३ अङ्कले घट्दै १ हजार २ सय ५५ अङ्क कायम भएको छ ।
आज नेप्सेमा १ सय ६७ कम्पनीका ५ हजार ९ सय ६६ कारोबारबाट २० लाख १५ हजार ८ सय २९ कित्ता सेयर कारोबार भई ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।
। आज कारोबार भएको समूहमध्ये ३ समूहमा वृद्धि तथा ८ समूहमा गिरावट आएको छ ।
आज होटल २० दशमलव ५७, विकास बैङ्क ४ दशमलव ६९ र अन्य १ दशमलव ८३ अङ्कले घटेको छ ।
यस्तै निर्जीवन बिमा १०७ दशमलव ४८ जिवन बिमा ७९ दशमलव ८१ अङ्कले घटेको छ । त्यसबाहेक ओरालो लागेको अरु समूह भने सामान्य अङ्कले घटेका छन् । बैङ्किङ १ दशमलव ६५ अङ्कले घटेको छ ।
नेप्से घटेको दिन आज ग्लोबल आइएमई सम्मुनत स्किमको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।