एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता नवीकरण

काठमाण्डौं । असोज–७, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्रालिबीच पाँच वर्षको लागि प्रायोजन सम्झौता नवीकरण भएको छ।
आइतबार हलचोकमा भएको कार्यक्रममा नेपाल एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि सम्झौता नवीकरण भएको हो।
एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि २ करोड बराबरको सम्झौता भएको एपीएफ क्लबका अध्यक्ष रामशरण पौडेलले जानकारी गराएका छन् । जसअनुसार महिन्द्राले एपीएफलाई वार्षिक ४० लाख उपलब्ध गराउनेछ। एपीएफ क्लबका अध्यक्ष पौडेल र महिन्द्राको प्रतिनिधि अर्जुन प्रसाद शर्माले सम्झौतापत्र आदान-प्रदान गरे।
यसअघि विस २०७१ सालमा एपीएफ र महिन्द्राबीच वार्षिक २२ लाख १० हजारका दरले पाँच वर्षको लागि १ करोड ११ लाखको सम्झौता भएको थियो। यस पटक झण्डै दोब्बर बढी रकममा सम्झौता नवीकरण भएको हो।