केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक उप्रेती सम्मानित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–७, रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा अटिजम भएका बालबालिकाको सेवामा क्रियाशिल बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सबिता उप्रेती सम्मानित भएकी छन् । सामाजिक सेवा दिवसको अवसरमा रामबाबु ज्ञानु सामाजसेवि पुरस्कारबाट नगद रु एक लाख, सम्मानपत्र र दोसल्ला सहित उप्रेती सम्मानित भएकी हुन् ।

उप्रेतीले सम्मान पछि खुशी व्यक्त गर्दै यो सम्मानले हौसला प्रदान गर्नुको साथै जिम्मेवारी थपिएको
बताइन् । विगत आठ बर्ष देखि उप्रेतीले आफ्नो सम्पुर्ण जीवन अटिजम भएका बालबालिकाहरुको शिक्षा ,स्वास्थ र पुनःस्थापनामा समर्पित गर्दै आइरहेकी छन ।

त्यसैगरि बिराटेश्वर वृदा आश्रम सेवा समिती विराटनगरका अध्यक्ष जगत प्रसाद अर्याल नगद रु दुई लाख र अपांग सेवा संघ बुङमती ललितपुरका अध्यक्ष दयाराम महर्जन नगद रु एक लाख सहित सम्मानित भएका छन् ।
सो सम्मान कार्यक्रमका प्रमुख अतिथी तिल गङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइत ,कोषको संरक्षक रामबाबु नेपाल ,ज्ञानु नेपाल तथ अध्यक्ष धुर्व नेपाल द्वारा संयुक्त रुपमा प्रदान गरिएको थियो ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्