केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ पाँचौंपटक सर्वोच्चमा उपस्थित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–७, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बन्दी प्रत्यक्षीकरण रिट निवेदन माथिको बहसमा उपस्थितिका लागि आइतबार सर्वोच्च अदालतमा ल्याइएको छ ।

साउन २२ गते काठमाडौंको टौदह नजिक चाल्नाखेलबाट गिरफ्तार भएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटको बहसमा उपस्थित गराउन ल्याइएको यो पाँचौंपटक हो । प्रकाण्डलाई सर्वोच्च ल्याइसकेको जानकारी प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले दिएका हुन् ।

प्रकाण्डलाई झुठा आरोपमा सरकारले गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित गत हप्ता प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले उक्त रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्