केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा बाघको संख्या पाँच वर्षमा ३७ थपियो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–७, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भइ २ सय ३५ पुगेको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो ।

बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिए । सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्