केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेजाब आक्रमणमा परेकी सम्झना दासको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । दुई साताअघि एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

मध्यरातमा सुतिरहेको अवस्थामा दुई दिदीबहिनी एसिड आक्रमणमा परेका थिए। बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले गहिरो चोट पुर्‍याएको थियो।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एसिड प्रहार गरेका थिए । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको छ ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्