केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंगो गाउँपालिका दुई कर्मचारीका भरमा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको कामकाज दुईजना कर्मचारीको भरमा सञ्चालन भएको छ । जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो ।
प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताए । वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उनको भनाइ छ ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्