फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
सहयात्रा टिभी
एजेन्सी । असोज–८, फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् ।
फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको छ ।
यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् ।नगा शहरमा मात्र ४० जना बेपत्ता रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । त्यसैगरी करिब ३० ओटा घर डुबानमा परेका छन् ।फिलिपिन्समा म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको छ ।