केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनस्वास्थ्य सङ्घको निर्वाचन असोज १३ मा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ ।

नेपाल जनस्वास्थ्यकर्मी सङ्घ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूह मुख्य रुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रजातान्त्रिक समूहको नेतृत्व श्रीकृष्ण भट्ट र प्रगतिशील समूहको नेतृत्व डा मोहनकृष्ण श्रेष्ठले गरेका छन् ।

हाल सङ्घअन्तर्गत करीब एक हजार ६सय सदस्य छन् । ‘परिवर्तन, पेशागत विकास र तथ्यमा आधारित जनस्वास्थ्य सेवाः प्रगतिशील समूहको प्रतिबद्धता’ लाई प्रगतिशील समूहले मूल नारा तय गरेको छ ।

‘जनस्वास्थ्यलाई सुदृढ बनाउँदै जनस्वास्थ्यकर्मीको पेशागत हितमा ध्यान दिन्छौँ’, प्रगतिशील समूहका अध्यक्ष पदका प्रत्यासी डा.श्रेष्ठले भने ।
सो समूहबाट सुदर्शन पौडेल उपाध्यक्ष, चित्रजङ्ग शाही महासचिव, रमेश भट्ट कोषाध्यक्ष दीपेन्द्र खड्काले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्