केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विपद् सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास तालिम सुरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–९, मंगलबारदेखि काठमाठौंमा ठूलो विपदपछि मानवीय राहत र उद्दार कार्यमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय तालिम सुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सो तालिम आयोजना गरिएको हो ।

नेपालसहित १४ मुलुकका सैनिक तथा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको तालिमलाई उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विपद परेका बेला मानवीय सेवा गर्नका लागि आवश्यक छलफल गर्न यो अभ्यास तालिमको आयोजना गरिएको बताए ।
४ दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, भारत, चीन, क्यानडा, फिलिपिन्स, बंगलादेश, बेलायत, डेनमार्क, बेल्जियमलगायतका देशका सेनाहरुको उपस्थिति रहेको छ ।

तालिममा नेपालको कर्णाली प्रदेशस्थित दैलेखमा विनाशकारी भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध, पुलहरु भत्केको र सुर्खेत विमानस्थलको केही भागमा क्षती भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्दार र राहत कार्यक्रमबारे व्यवहारिक अभ्यास गरिने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्