केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–१०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्चमा वृद्धि हुनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनमा हर्ष, उल्लास छाउनेछ । साथीभाईसँग भेट हुने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अरुको काममा समय खर्च हुने योग छ । काम पुरा गर्न धेरै मेहनत गर्नुपर्ला । नअतालिइ काम गर्नाले सफल भइने छ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा धेरै मेहनत गर्नुपर्ला । अध्ययनमा मन नजाला । स्वास्थ्यमा केहि कमजोरि हुन सक्ने सम्भावना भएकाले खानपान र यात्रा गर्दा विशेष ध्यान दिनु पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो मेहनतले सफल भइने छ । सुखदुखमा साथ दिनेहरु प्रशस्त भेटिने छन् । नयाँ कामको अवसर प्राप्त हुने छ । सानो अवसरले मनमा हर्ष छाउने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आर्थिक अभावका कारण चिताएको काम रोकिने सम्भावना छ । स्वास्थ्यमा कमजोरि देखिने छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
दिन रमाइलोसँग वित्ने छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । खुसीको कुरा सुन्न पाइने हुँदा मनमा हर्ष जाग्ने छ । मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त होला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा फाइदा हुने योग छ । आर्थिक आम्दानी बढ्ने छ । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि हासिँल हुने छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायको क्षेत्रबाट रमाइलो यात्रा गर्नु पर्ने हुन सक्छ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । नसोचेको उपलब्धि हाँसिल हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालनको क्षेत्रबाट राम्रो फाइदा लिन सकिने छ । साथ दिनेहरु प्रसस्त भेटिने छन् । कृषि क्षेत्रमा हात हाल्ने अवसर समेत प्राप्त हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम दोहो¥याएर गर्नुपार्ला । काम गर्दा विशेष ध्यान दिनुपर्नेछ । घरेलु समस्या देखिन सक्ने हुँदा सतर्क रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएको काम बन्नेछ । भौतिक साधनहरुको समस्या देखा पर्न सक्छ । पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर प्राप्त हुने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो कामबाट अरुले फाइदा लिन सक्छन् । नयाँ काममा हात हाल्ने अवसर प्राप्त हुनेछ । आलोचना गर्नेहरुले आत्मासम्मानमा चोट पु¥याउन सक्छन् ।

प्रकाशित : 26 September, 2018

प्रतिक्रिया दिनुहोस्