आज कारोबारसँगै नेप्से २ अङ्क घट्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१०, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २ दशमलव ३१ अङ्कले घटेको छ ।  आज १ हजार २ सय ८० दशमलव १५ अङ्कबाट सुरु भएको बजार २ अङ्कले घट्दै १ हजार २ सय ७७ दशमलव ७४ अङ्कमा रोकिएको छ ।

कारोबार सुरु भएदेखि बढ्न थालेको बजारले आज पनि उछाल लिने सङ्केत देखाएको थियो । तर, ७ अङ्कले बढेपछि ओरालो लाग्दै सुरुवाती बिन्दुमा आएपछि पुनः ७ अङ्कले बढेपछि पुनः २ अङ्क घटेर बन्द भएको हो ।

आज १ सय ७१ कम्पनीको कारोबार भई ८ हजार ९ सय ४१ कारोबारबाट ४५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भई ९१ करोड ९६ लाख ६ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज जीवन बिमा र अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी २४ दशमलव २७ र उत्पादनमूलक समूह १७ दशमलव ७५ अङ्कले घटेको छ । तर, नेप्से घटेको दिन आज जीवन बिमा ३० दशमलव ४८ अङ्कले तथा अन्य समूह शून्य दशमलव ४८ अङ्कले घटेका छन् ।

प्रकाशित : 26 September, 2018

प्रतिक्रिया दिनुहोस्