केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनगढीलाई राजधानी नतोकेपछि विरोध प्रदर्शन

सहयात्रा टिभी

धनगढी । असोज–१०, धनगढीलाई राजधानी नतोकेको भन्दै धनगढीका बासिन्दाहरुले प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् । संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू-माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधि हरी रेग्मीले बताए । धनगढी उप-महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौ लगानी धनगढीमा लगाएको बताए ।

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो । सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो ।

प्रकाशित : 26 September, 2018

प्रतिक्रिया दिनुहोस्