केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेस युनियन मोरङमा सामूहिक राजीनामा

सहयात्रा टिभी

विराटचोक । असोज–११, नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ जना असन्तुष्ट सदस्यले सामूहिक रुपमा राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् ।जिल्ला अधिवेशन शुक्रबार हुँदैछ ।

युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उनको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए ।

उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताए ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्