रगतको पसिना बग्ने बालिका
एजेन्सी । असोज–११, भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेको छ । गोपनियताका लागि एन नाम दिएकी ती बालिकाको केहि महिना अघिदेखि रगतको पसिना बग्न थालेको हो ।
क्वि होवा नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पतालमा पुर्याइएकी उनलाई निकै दुर्लभ स्वास्थ्य अवस्था हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ ।
दिनमा तीन चार पटक रगतको पसिना बग्न थालेपछि र सहनै नसक्ने टाउको दुखेपछि अस्पताल पुर्याइएको उनका आमाबुवाले जानकारी दिए ।
आमाबुवाले सुरुमा उनलाई हो चि मिन्हमा अवस्थित ब्लड ट्रान्सफ्युजन हेम्याटोलोजी एण्ड डर्म्याटोलोजी अस्पताल पुर्याए । जहाँ उनलाई डाक्टरले छालाको संक्रमण बताउँदै थुप्रै औषधी दिए । यद्यपी, उक्त उपचारले कुनै रंग देखाउन नसकेपछि भियतनामको गिया लाइ प्रान्तमा बस्ने उनको परिवारले क्यू नोहनस्थित होआ नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पताल पुर्याए । जहाँ उनका विशेष अंगको परिक्षण गर्दा सबै नर्मल देखिएको बताइएको छ । अहिलेका लागि डाक्टरहरुले उनको तनावको स्तर कम गर्न प्रयासरत छन् । तनावका कारण उनले रगतको पसिना बगाइरहेको अनुमान डाक्टरले गरेका छन् ।