केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मीका मेडिकलमा बिशेषज्ञ डाक्टर ल्याउन रोक

सहयात्रा टिभी

गुल्मी । असोज–११, गुल्मीमा रहेका मेडिकलहरुले बिशेषज्ञ डाक्टर बोलाएर उपचार गर्न नपाउने भएका छन् । सदरमुकाम तम्घासमा रहेका केही मेडिकलहरुले डाक्टर बोलाउने र बिरामीलाई चाहिने भन्दा अनावश्यक औषधि भिराएर दुःख दिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले डाक्टर ल्याउन रोक लगाएको हो ।

औषधि ब्यवस्था विभाग काठमाण्डौबाट आएका विज्ञ दुईजनासहितको टोली, जिल्लाका औषधि ब्यवसायी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र गुल्मी उद्योग बाणिज्य संघ, नागरिक समाजसहितको टोलीले १९ वटा मेडिकलमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनपछि अनुमति नलिइ अवैध रुपमा सञ्चालनमा खुलेका मेडिकलहरुलाई डाक्टरहरु ल्याएर उपचार गर्न प्रतिबन्ध लगाइएको हो । जिल्लामा सञ्चालनमा रहेका मेडिकलहरुले मापदण्ड पूरा नगरी डाक्टरहरु ल्याउने गरेकाले त्यस्ता मेडिकलहरुलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

स्वास्थ्य जस्तो शंवेदनशील क्षेत्रमा चरम लापरबाही भएको लगायतका गुनासाहरु आएपछि गोप्य र सुक्ष्म ढंगसँग अध्ययन गरी केही मेडिकलहरु स्वीकृति नै नलिइ अवैध रुपमा सञ्चालनमा आएको पाइएपछि सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्