केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–१२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
समयमा अर्थ संकलन नहुँदा काम सम्पादन गर्न पछि परिनेछ। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग जुट्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले भने फाइदा दिलाउनेछ। परिस्थिति संघर्षमय रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। मिष्ठान्न भोजनको योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय प्रतिकुल रहने सम्भावना बढि रहेको छ । रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। सतर्क रहेर काम गर्दा उपयुक्त हुन्छ । शिक्षा क्षेत्रमा राम्रै उपलब्धि प्राप्त हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अध्ययनमा मन जाने छ । भित्रिएको धन अरुलाई नसुम्पनु होला । वैदेशिक रोजगारबाट राम्रो आम्दानि हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। आफन्तहरुबाट  धोका हुन सक्छ, सतर्क रहनु होला । खुसीको खबर सुन्न पाउँदा मनमा हर्ष छाउने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आत्माविश्वास बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ, सजग रहनुहोला।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्