यौन दुर्व्यवहारको आरोपबारे बोले नाना पाटेकर

सहयात्रा टिभी

काठमाण्ठौं । असोज–१२, १० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले बताएपछि हाल सिंगै बलिउड झस्किएको छ । बलिउडका एक सम्मानित कलाकारमाथि यौन दुर्व्यबहारको गम्भीर आरोप लगाइएपछि सिंगै बलिउड नै खलबलिएको हो । नाना हाल ठूलो विवादमा मुछिएका छन् ।

विवाद चर्किरहँदा समेत मौन रहेका नानाले बिहिबार भने आरोपबारे आफ्नो मुख खोलेका छन् । उनले आफुमाथि लागेको आरोपलाई अस्वीकार गरेका छन् । नायीकाले आरोप लगाएको त्यो समयमा सेटमा कम्तीमा १०० जना मानिस भएको र त्यो भिडमा आफुले यौन दुव्र्यवहार कसरी गर्न सक्ने भन्ने प्रश्न समेत उनले खडा गरेका छन् ।

साथै नायीकाले आफ्नो चरित्र हत्या गरेकाले उनी विरुद्ध मुद्दा चलाउने कुरा समेत गरेका छन् । नानाले यस्तो भनिरहँदा १० वर्ष अगाडिको घटनाकी प्रत्यक्षदर्शी एक पत्रकारले नायिकाले दिएको अभिव्यक्ति सही भएको बताएकी छन् । जेनिस सिकेरिया नाम गरेकी पत्रकार ट्विटरमा लेख्छिन्, ‘कतिपय पुराना घटना पनि मस्तिष्कमा ताजा रहन्छन् । यो पनि त्यस्तै एउटा घटना हो । त्यतिबेला म फिल्मको सुटिङ स्थलमा नै थिएँ । आज तनुश्री जे भनिरहेकी छन्, मलाई त्यही बेला अनौपचारिक रुपमा भनेकी थिइन् । उनी मसितको कुराकानीमा खुब रोएकी थिइन् ।’

त्यसैगरि यो विवादमा अमिताभ, आमिर र सलमानजस्ता सेलिब्रिटीले सुरक्षित बयान दिएर यसबाट पन्छिने कोसिस गरेका छन् भने बी–टाउनका केही सेलिब्रिटीले तनुश्रीको खुलेर समर्थन गरेका छन् ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्