केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालकै ज्येष्ठ नागरिक १सय १५ वर्षीया गुरुङको निधन

सहयात्रा टिभी

पोखरा । असोज–१२, सम्भवतः नेपालकै जेष्ठ नागरिकको रुपमा रहेकी १ सय १५ वर्षकी धनकुमारी गुरुङको आज विहान निधन भएको छ । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

नेपाली नागरिकताअनुसार वि.सं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्