केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्त्वपूर्णः प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१५, प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुकको अनुभव देश निर्माणका लागि महत्त्वपूर्ण हुने बताएका छन् । २८औँ अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली जेष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताए ।

समाजमा आउँदा दिनमा जेष्ठ नागरिकको जनसंख्यामा वृद्धि हुँदै जाने तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा जेष्ठ नागरिक एक्लिने अवस्था आएको प्रधानमन्त्रीले बताए ।

जेष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन जेष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्दै जेष्ठ नागरिकको हकहित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष जेष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज जेष्ठ नागरिक दिवस मनाइँदैछ ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्