डिस होमको फ्रि अफर : कतै तपाईं छुट्नु भयो कि !!!
काठमाण्डौं । असोज–१५, डिजिटल प्रविधि मार्फत ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिस होमले ग्राहकहरुमा ल्याएको ‘डिस होम फ्रि अफर’ मा कतै तपाई छुट्नु भएको त छैन ? भदौ १ गतेबाट सुरु भएको ‘डिस होम फ्रि अफर’ अझै केहि समय बाँकि भएकाले छुट्नु भएका महानुभावहरुले अझै फ्रि अफरमा नै डिस होम जडान गर्न सक्नु हुनेछ ।
डिस होमले भदौ १ गतेबाट सिमित समयावधिका लागि डिस होमका ग्राहकहरुले डिस होमको रिचार्ज गर्दा जडान उपकरण निशुल्क प्राप्त गर्ने गरि ‘डिस होम फ्रि अफर’ को सुविधा प्रदान गरेको हो । अवधि सिमित भनिएपनि निश्चित नगरिएकाले यो अफरमा अझै पनि ग्राहकहरुले डिस होम जडान गर्न सक्नेछन् ।
एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ । यस योजना अन्तर्गत ग्राहकले डिस होम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत ‘चम्किनेछ भाग्यमा श्री, रिचार्ज गर्दा डिसहोम फ्रि’ र ‘जति धेरै रिचार्ज त्यति धेरै बोनस’ अफर पनि सञ्चालन गरिरहेको छ ।
नेपाल सरकारले देशभरका सम्पूर्ण एनालग केवलहरु बन्द गराउँदै गरेको अवस्थामा डिस होमको यो फ्रि अफर डिस होमका नयाँ ग्राहकहरुका निम्ति लाभदायक हुने देखिन्छ । विभिन्न सेवासुविधासहित समय समयमा नयाँ नयाँ अफरहरुमार्फत ग्राहकहरुमा गुणस्तरिय सेवासुविधा प्रदान गर्दै आएको डिस होमको यो अफरले अन्य धेरै नयाँ ग्राहकहरुलाई डिस होमतर्फ ध्यानाकर्षण गराउने छ ।
सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको डिस होम हाल सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने प्रक्रियामा पनि रहेको छ ।