प्रधानमन्त्रीले बेचे आठवटा भैँसी

सहयात्रा टिभी

एजेन्सी । असोज–१५, पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले राज्यको सम्पत्ति जोगाउन तहल्कै मचाइरहेका छन् । उनले खर्च कम गर्न र राज्यको सम्पति जोगाउनका लागी अनेक उपाय लगाइरहेको दखिन्छ ।

साथै उनले प्रधानमन्त्री कार्यालयमा पालिएका आठवटा भैँसी समेत बेचेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् ।

८ वटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ । प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् । डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् ।

प्रधानमन्त्री निवासका भैँसी खरीद गर्नका लागि मानिसहरुले लिलामीमा चर्को बोली लगाएका थिए । जसका कारण भैँसीहरु सामान्य मूल्यभन्दा कैयन् धेरै महंगोमा बिकेका छन् ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्