केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राखिने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१५, आजबाट वैदेशिक रोजगारिबाट फर्किने युवाहरुको तथ्यांक राखिने भएको छ । अध्यागमन कार्यालयले सोमबारदेखि वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राख्न सुरु गर्ने भएको हो ।

वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सोमबारदेखि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरिँदै छ ।मन्त्रालयले उक्त प्रणालीलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगारी मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि पूर्णरूपमा कार्यान्वयन हुने गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली लागू गर्न लागेको हो ।

उक्त प्रणालीमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, राहदानी विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, तालिमप्रदायक संस्था, बैंक, बिमा कम्पनी, कूटनीतिक नियोग र गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध हुनेछ । एकीकृत सूचना प्रणाली लागू भएसँगै कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फारम भर्न र पेस गर्न सक्नेछन् ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्