केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्डोनेशिया भूकम्प : आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाउने २१ वर्षे ‘हिरो’

सहयात्रा टिभी

एजेन्सी । असोज–१६, इन्डोनेशिया भूकम्पले तहसनहस भएको छ । शुक्रबार आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तीमा आठ सय ४४ को ज्यान लिएको छ ।

शुक्रबार जब इन्डोनेशियाको धर्ती हल्लियो तब २१ वर्षका एन्थोनियस गुनावान एगुअंग पालू एयरपोर्टको कन्ट्रोल टावरमा तैनाथ थिए । उनले बाटिक एयरलाइनको एक विमानलाई उडान भर्नका लागि अनुमती दिइरहेका थिए ।

भूकम्प आएलगत्तै एगुअंगका सहयोगी नियन्त्रण टावर छोडेर बाहिर निस्किए तर उनी भने विमानले रनवेबाट उडान नभरेसम्म त्यहाँ बसिरहे ।

विमान उड्ने बित्तिकै भूकम्पको झट्का तीब्र भयो । एकैछिनमा नियन्त्रण टावरको चार तल्ले भवन भत्कियो । आफूलाई बचाउनका लागि एगुअंग झ्यालबाट हाम फाले जसका कारण उनको हात, खुट्टा र शरिरका विभिन्न हड्डी टुट्यो ।

उनलाई विमानमार्फत अस्पताल पुर्याइनु थियो तर विमान पुग्नु अगावै अगुआंगको मृत्यु भयो । बीबीसी

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्