केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोनाल्डोमाथि बलात्कारको आरोप, पुन: अनुसन्धान सुरु

सहयात्रा टिभी

एजेन्सी । असोज–१७, युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोले आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेसँगै रोनाल्डोमाथि छानबिन भइरहेको बताइएको थियो । तर रोनाल्डोले भने यो ‘फेक न्यूज’ भन्दै ती महिलाले लगाएको आरोप झुटो भएको दाबी गरेका छन् ।
रोनाल्डोले सोमबार इंस्टाग्राममा पोस्ट गर्दै लेखे, ‘उनीहरुले जे भनिरहेका छन् त्यो फर्जी हो–फर्जी खबर ।’ तर पछि रोनाल्डोले त्यो पोस्ट डिलिट गरिदिए । उनीहरुले मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहेको रोनाल्डोले बताएका छन् ।

उता अमेरिकी पुलिसले अमेरिकी महिलाले रोनाल्डोमाथि लगाएको बलात्कारको आरोपको फेरी जाँच सुरु गरेको बताएका छन् । लस भेगस प्रहरीका अनुसार यो मुद्दामा कोही संदिग्ध थिएन र २००९ मै अनुसन्धान पुरा भइसकेको थियो । ‘रिपोर्ट लिने बेला पीडितले घटना विवरण जानकारी गराएकी थिइनन्, प्रहरीले भनेको छ, २०१८ सेप्टेम्बरमा यो फाइल फेरि खोलिएको छ र हाम्रा अधिकारी प्राप्त सूचनालाई पछ्याइकेका छन् ।’

क्याथरिनले लस भेगास प्रहरीमा त्यसबेला नै उजरी पनि दिएकी थिइन् । तर, २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा यो विषयलाई बाहिर नल्याउने सहमति भयो । उनका कानुनी सल्लाहकार अब यो सहमतिलाई अस्वीकार गर्ने बाटो खोजिरहेको समाचार हालै मात्र जर्मनको एक पत्रिकाले छापेको छ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्