केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुशासन समितिमा पत्रकार प्रवेशमा रोक लगाएपछि महासंघको आपत्ति

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१७, प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको समाचार संकलनमा पत्रकारलाई निषेध गरिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

असोज १५ गते भएको समितिको बैठकमा राज्यको महत्वपूर्ण विषयमा हुने छलफलमा सञ्चारजगत्को प्रवेश राम्रो नहुने भन्दै समितिकी सभापति शशी श्रेष्ठले पत्रकारलाई समाचार संकलनमा निषेध गरेकी हुन् ।

उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै महासंघका महासचिव रमेश विष्टद्वारा विज्ञप्तिमा भनिएको छ, ‘‘नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ । साथै राज्यको जिम्मेवार व्यक्तित्वबाट भएको यस्तो कार्यको महासंघले कडा भर्सना गर्ने समेत उल्लेख गरिएको छ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्