केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ठडियो एक पटकमा ५० जना चढ्न मिल्ने धरहरा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१८, औधोगिक प्रदर्शनीको लागी बुटवलमा २२ लाख लागतमा अस्थायी धरहरा निर्माण गरिएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा असोज १९ देखि २८ सम्म सञ्चालन हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाका लागि सो धरहरा स्थापना गरिएको हो ।

धराहरा चढ्न र देख्न नपाएकाहरुलाई लक्ष्य गर्दै बुटवल–१० मा रहेको बुटवल मण्डपमा २२ लाखको लागतमा धरहरा स्थापना गरिएको हो । धरहरामा एकपटकमा ५० जना चढ्न मिल्ने र चढ्नेहरु कुनै दुर्घटना चोटपटक लागेमा निःशुल्क उपचारसहित बीमाको व्यबस्था मिलाइएको छ ।

मेलाको गेटलाई रानीपोखरीको मन्दिरको आकारमा बनाइएको प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष प्रवीणबहादुर पाठकले बताए ।

जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रबद्र्धकको रुपमा रहेका छन् । प्रर्दशनीमा ४ लाखभन्दा बढीलाई अवलोकन गर्ने र २० करोडको कारोवार हुने आयोजकको अपेक्षा रहेको संघका पूर्वअध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले बताए ।मेलामा साल्ट टेडिङको चिनी तथा नुन, दुग्धजन्य पदार्थ, खाद्यान्न, उच्च पहाडी क्षेत्रमा उत्पादन भएका फापर, उपभोक्ताहरुलाई लक्षित गरी उपलब्ध हुनेछन् ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्