केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मलालाई न्याय माग्दै सिंहदरबार अगाडि प्रदर्शन, गृहमन्त्रीको राजीनामा समेत माग

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१८, निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निर्मला पन्तको हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पत्ता नलाग्नु र घटना दिनप्रतिदिन गम्भिर र रहस्यमय बन्दै गएको बेला युवायुवतिहरुले सिंहदरबार अगाडि नै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले नाराबाजिसहित निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिनुको साथै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर र पम्प्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्