केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धिको प्रयोगले काम लिने प्रयत्न गर्दा सफल भइएला । पारिवारिक सम्बन्धमा समस्या आउन सक्छ । निर्णय लिँदा सोचेर लिनुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा गर्ने अवसर प्राप्त होला । यात्रा गर्दा ध्यान दिनुहोला । सुखदुखमा साथ दिनेहरु प्रसस्त भेटिनेछन् । खानापानमा ध्यान दिनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिमा सुधार आउने छ । नयाँ कामको अवसर प्राप्त हुनेछ । जिम्मेवारी बढ्ने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाईहरुसँगको रमाइलो भेटघाटमा सामेल हुने अवसर प्राप्त हुनेछ । मनमा हर्ष छाउने योग छ । साथीभाईबाट आफ्नो प्रशंसा सुन्न पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नै गल्तिले काममा बाधा देखिन सक्छ । मेहनत गरे काममा सफल भइनेछ । मिष्ठान्न भोजनको योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यवसायमा फाइदा हुने छ । आम्दानि बढ्नेछ भने खर्चमा पनि वृद्धि होला । परिवारमा उत्साह छाउनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा केहि कमजोरि देखिन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला । खुसीको खबर सुन्न पाउने हुँदा मनमा हर्ष छाउनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
केहि विवाद र झमेलाको सामना गर्नुपर्ला । बुद्धिले काममा सफल हुन सकिनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
। भैपरी आउने समस्याले सताउनेछ भने परिबन्धले पनि केही झमेला निम्त्याउन सक्छ । निर्णय गर्दा दुविधामा परिएला । सल्लाहसुझाव लिँदा विश्वासिलो व्यक्तिबाट मात्र लिनुहोला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । शिक्षामा मन नजाने हुँदा शैक्षिक क्षेत्रमा आजको तपाईको दिन राम्रो देखिन्दैन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान सम्मान प्राप्त हुनेहुँदा मनमा हर्ष छाउनेछ । दिन रमाइलोमा नै वित्नेछ । साथीभाईसँगको रमाइलो भेटभाटमा सामेल हुने अवसर जुट्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमिकमजोरिहरुलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सहि ढङ्गले काम गर्न सके सफल भइनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्