केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवालीलाई पक्राउ गरेको जानकारी गराएका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनी सहितको समूहमाथि प्रहरीले अनुसन्धान थाले लगत्तै ज्ञवाली फरार थिए । थप जानकारी केहि समयपछि सार्वजनिक गर्ने प्रहरीले जनाएका छन् ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो । ज्ञवालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमती संलग्न जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए ।

उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा उनलाई दोषी ठहर गर्दै १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै उनी फरार भएका थिए।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्