केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आवश्यकता अनुसार शिक्षण संस्था खोल्नुपर्छ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरू खोल्नुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

विश्वविद्यालयहरूमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरूले सम्बन्धन पाएको उनले बताए।

साथै उनले, यस वर्षदेखि सुरू गरिएको निरक्षरता विरूद्धको महाअभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने दाबी छ।

‘आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने पनि बताए।

‘शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ।’

उनले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नगर्ने भएकोले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने बताए।

‘अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन। विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने।

साधारणसभाले आव २०७५।२०७६का लागि प्रस्तावित आयव्यय विवरण,आव २०७१।२०७२ र आव २०७२।२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ। यसैगरी आव २०७३।२०७४ र २०७४।२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ। साधारणसभामा प्रस्तुत गरिएको अन्य प्रस्तावहरू अर्को बैठकमा छलफल गर्ने गरी साधारणसभा स्थगित गरिएको छ ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्