केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापामा ब्रा र पेन्टी चोर्ने एक युवक पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, चोरले नगद, गरगहना, भाडाकुँडा, साइकल, मोटरसाइकल लगायत जुत्ता, कुखुरा चोरेको त सुनिएको थियो । तर कसैले महिलाहरुले प्रयाग गर्ने गरेको भित्रि वस्त्र ब्रा र पेन्टी पनि चोर्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर यो वास्तविक घटना नेपालकै झापा जिल्लाको घटना हो ।

झापाको सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धानल सुरु गरेको थियो । अनुशन्धानको क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई रङ्गेहात पक्राउ ग¥यो ।

प्रहरीले युवकलाई रङ्गेहात पक्राउ गरेपनि कसैले यस्तो काम पनि गर्छ र भनेर विश्वास नै नभएको प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए ।

पछि उनलाई प्रहरी कार्यालयमा ल्याएर केरकार गरेपछि भने उक्त युवकले लामो समयदेखि आफुले महिलाहरुको ब्रा र पेन्टी चोर्ने गरेको स्वीकार गरे । उनले सुघेँर आनन्द लिनका लागि ब्रा र पेन्टी चोरी गरेको बयान दिएको एक प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार लागूऔषधको लत जस्तै उनलाई पनि ब्रा र पेन्टी सुघ्ने लत लागेको रहेछ ।उनी एक विवाहित युवक हुन् ।

यस्तो किसिमको चोरलाई के कारबाहि गर्ने भन्ने निश्चित नभएकाले अब देखि यस्तो काम नगर्ने सर्तमा उनलाई छाडिएको छ ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्