केपी ओली प्रचण्ड माधव नेपाल एमाले


९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सहयात्रा टिभी

काभ्रे । असोज–२१, काभ्रेमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।

शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ । कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् ।

बालिकाहरुलाई शिक्षकले कहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्