केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफुहरुलाई जिस्काउने केटाहरुको विरोध गर्दा होस्टल भित्रै कुटिए छात्राहरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२, भारतको विहारस्थित सुपौलको त्रिवेणीगञ्ज प्रहरी इलाका नजिक रहेको कस्तुरबा स्कुलको छात्रबासमा गइ एक समुहले छात्राहरुलाई मरणासन्न हुनेगरि कुटपिट गरेका छन् । होस्टल बाहिर हुँदा आफुहरुलाई जिस्काउने केटाहरुको प्रतिकार गरेकै कारण ४० जना छात्राहरुले ती नै केटाहरुद्धारा होस्टलभित्रै पिटाइ खाएका हुन् ।

होस्टल बाहिर रहँदा ती केटाहरुले छात्राहरुलाई सँधै जिस्काउने गर्थे, त्यसैले छात्राहरुले उनीहरुको प्रतिकार गरेका थिए । सोहि प्रतिकारको बदला लिन केटाहरुले होस्टभित्रै पसेर उनीहरुमाथि कुटपिट गरेका हुन् ।

कुटिएका ४० जना छात्राहरु घाइते भएका छन् । केहि छात्राहरुको अवस्था गम्भिर समेत रहेको बताइएको छ । उनीहरुको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

छात्राहरुमाथि कुटपिट भएको २४ घण्टासम्म पनि प्रहरी कहाँ निवेदन दर्ता भएको थिएन । त्यस क्षेत्रका सांसद रञ्जित रंजनले घाइते छात्राहरुको अवस्थाबारे जानकारी लिँदै दोषीलाई कारबाही गर्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार घटनाको समयमा छात्राहरु होस्टलको मैदानमा खेलीरहेका थिए । त्यहि समयमा बाहिरका आवारा केटाहरुले उनीहरुलाई जिस्काउँदै भित्तामा अपशब्द लेखिरहेका थिए । छात्राहरुले उनीहरुको हर्कतको विरोध गर्दै गाली गरेको केहि समयपछि ती केटाहरु होस्टलभित्रै पसेर उनीहरुमाथि कुटपिट गरेका हुन् ।

प्रकाशित : 8 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्