केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मला हत्या प्रकरण : प्रहरी जवान चाँदनी र अनुसन्धान अधिकृत धामी निलम्बित

सहयात्रा टिभी

कञ्चनपुर । असोज–२२, प्रहरी प्रधान कार्यालयले  कञ्चनपुरको भीमदत्त नगरपालिका –२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलार्इ निलम्बन गरेको छ । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए ।

चाँदनीले निर्मलाले लगाएको सुरूवाल खोलेर पानीमा पखालेकी थिइन् । सुरूवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ ।उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता थापा क्षेत्रीले जानकारी दिए ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना दिनप्रतिदिन गम्भिर र रहस्यमय बन्दै गइरहेको छ । अनुसन्धान प्रकृया अघि बढिरहेपनि परिणाम भने शुन्य नै छ ।

प्रकाशित : 8 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्