केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा ३ अंकको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, आज कारोबार सुरु भएको डेढ घण्टामा ६ अङ्कले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तिममा २ अङ्कले घटेको हो । पछिल्लो समय घट्दो अवस्थामा नेप्से मङ्गलबार २ दशमलव ५९ अङ्कले घटेसँगै परिसूचक १ हजार २ सय १७ दशमलव ९३ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि बढ्न थालेको सेयर बजार ६ अङ्कको सुधारपछि ओरालो लाग्यो । बढेर १ हजार २ सय २६ अङ्क पुगेको नेप्से परिसूचक त्यसपछि स्थिर अवस्थामा घट्दै ३ अङ्कले झरेको हो ।

बजारमा सेयर किन्न चाहने लगानीकर्ताको चाप बढे पनि आज नेप्से ओरालो लागेको हो । हिजो खरिदकर्ताको चाप बढेसँगै बजारमा एकाएक ६ अङ्कको सुधार आएको थियो ।

तर आज पनि खरिदकर्ताको केही चाप लागे पनि बजारले फड्को मार्न सकेन ।मङ्गलबार नेप्सेमा १ सय ६० कम्पनीका ६ हजार १ सय ७४ कारोबारबाट १० लाख १८ हजार ७९ कित्ता सेयर खरिदबिक्री भई ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँबराबरको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको १० समूहमध्ये अन्य समूहबाहेक सबैमा गिरावट आएको छ । व्यापार समूहको कारोबार नभएको दिन नेप्सेमा अन्य समूह ११ दशमलव ६९ अङ्कले बढेको छ । त्यसैगरी, सबैभन्दा बढी घटेको निर्जीवन बिमा ४९ दशमलव ३५, होटल २१ दशमलव ४३, जीवन बिमा १४ दशमलव २१, जलविद्युत् १५ दशमलव ३७, उत्पादनमूलक ११ दशमलव ८३ अङ्कले घटेको छ भने अरु समूहमा सामान्य अङ्को गिरावट आएको छ ।

प्रकाशित : 9 October, 2018

प्रतिक्रिया दिनुहोस्