केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घर अगाडि रुखले किचेर सख्त घाइते भएका बोगटीको ललितपुरको ग्वार्को्स्थित बिएण्डबी अस्पतालमा उपचार क्रममा निधन भएको हो ।

रुखको भार थेग्न नसकेको सोही पोल तथा ट्रान्समिटर ढलेर बोगटीलाई लागेको थियो । सानै उमेरदेखि अभिनयमा रुची रहेका बोगटी बिक्रम सम्वत २०३४ सालमा ‘अन्जान’ नाटकबाट कलाकारिता क्षेत्रमा लागेपछि बिक्रम सम्वत २०४३ सालमा आएर ‘मान्छे–मान्छे देखि होसियार’ नामक नाटक आफैँले लेखेर मञ्चन गरेका थिए । जुन सत्य घटनामा आधारित थियो । जसमा बोगटी आफ्नै पनि अभिनय थियो ।

नाटकबाट सुरु भएको बोगटीको अभिनय यात्रा २०४८ सालमा ‘अमरज्योती’ नामक टेलि–चलचित्रबाट गरेपछि काँचको पर्दामा प्रवेश भयो । ‘अठोट’, ‘प्रहरी अनुरोध’ जस्ता टेलिचलचित्रमा बोगटीले निरन्तर अभिनय गरेका थिए ।

२०५० सालबाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेका बोगटीले आफनै स्टुडियो खोलेपछि नेपाली चलचित्र क्षेत्रमा पनि उपस्थिति र सक्रियता बाक्लिदैँ गएको थियो । कलाकारितासँगै बोगटी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । बोगटी विगत २ बर्षदेखि चलचित्र कलाकार संघको अध्यक्ष पदमा आबद्ध थिए ।

प्रकाशित : 9 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्