केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहन्यायाधिवक्ता थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ

सहयात्रा टिभी

पोखरा । असोज–२४, सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्