केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिलाविरुद्धको हिंसा पाँच वर्षमा दोब्बर, के छ त न्यूनिकरणको उपाय ?

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, सरकारले बलात्कार, बेचबिखन, बाल तथा बहुविवाह र बोक्सीको आरोपलाई महिला र बालबालिकासम्बन्धी हिंसाको परिभाषामा राखेको छ। आजभोलि दिनप्रतिदिन कम्तिमा एउटा महिलाहिंसाको घटना सार्वजनिक हुने गरेका छन् । बलात्कार, यौन हिंसा र घरेलु महिला हिंसा मात्र नभएर पछिल्लो समय एसिड प्रहारका पनि महिलाहरु शिकार बन्दै आएका छन् ।

नेपालमा महिला र बालबालिकासँग सम्बन्धित हिंसाका घटनाबारेका उजुरी विगत पाँच वर्षको अवधिमा दोबरले बढेको भन्दै महिला अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले विद्यमान कानून बलियो नभएको भन्दै अपराधीलाई कारबाही गर्न द्रुत गतिको कानूनी उपचारको माग गरेका छन्। प्रहरीले चाहिँ प्रदेश तहमा हिंसा न्यूनीकरण अभियान कार्यान्वयनमा आइसकेको र केन्द्रीय तहमा छिट्टै शुरू गरिने बताएको छ।

नेपालमा बलात्कार र बलात्कार प्रयासका घटनाको उजुरीमा विगत पाँच वर्षमा अत्यधिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ। पाँच वर्षअघि बलात्कारका नौसय घटना दर्ता भएकोमा आर्थिक वर्ष २०७४/७५ मा त्यो सङ्ख्या झण्डै १५ सय पुगेको छ भने बलात्कार प्रयासका उजुरी ७ सय नाघेको छ। प्रहरी तथ्याङ्क अनुसार तराईमा ५३ प्रतिशत, पहाडमा ४१ र हिमाली क्षेत्रमा ६ प्रतिशत बलात्कारका घटना दर्ता भएका छन्। त्यसमा ६२ प्रतिशत बलात्कारका घटनामा परिचितको संलग्नता रहेको देखिएको छ।

बर्सेनि यसरी महिलाविरुद्धको हिंसाका घटनामा वृद्धि हुनुमा महिला अधिकारकर्मीहरू कानूनी व्यवस्था फितलो भएर हो भन्छन्। आजभोली देशभरका सर्वसाधारण नागरिकदेखि विभिन्न संघसंस्थाहरुबाट समेत महिलाहिंसा विरुद्ध विभिन्न मागसहित सडकमा उत्रने र प्रदर्शन गर्ने गरिरहेका छन् ।

करिब तिन महिनादेखि कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाले पनि देशमा त्रास र भय फैलाइ रहेको छ । दिनप्रतिदिन बढ्दो हिंसा र कमजोर कानुनी व्यवस्थाका कारण सबैमा मानसिक असर पर्न गएको सर्वसाधारणहरुको पनि गुनासो छ । राज्यले छिटो भन्दा छिटो यस विषयलाई गम्भिरताका साथ लिएर विकल्प नखोजेमा नेपालीहरुको दैनिकीमा नै प्रभाव पर्ने, अपराधिले प्रोत्साहन पाएर अझ अपराध बढ्ने र देशमा आतङ्क मचिनेमा कुनै दुई मत छैन् ।

यो पनि पढ्नुस :

गौतम बुद्ध जन्मेको देशमा शान्तिकै अनिकाल छ : प्रसंग निर्मला हत्याकाण्ड

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्