केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस नेता बास्तोलाको आजै अन्त्येष्टि गरिने,साढे एकदेखि शव पार्टी कार्यालयमा राखिने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२८, शनिबार निधन भएका कांग्रेस नेता चक्र बास्तोलाको आज अन्तिम संस्कार गरिँदैछ। शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ । मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ ।

१४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्