केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हावाबाट बिजुली निकाल्ने तयारी अन्तिम चरणमा

सहयात्रा टिभी

फिदिम । असोज–२८, पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो ।

विजुली उत्पादनको सम्पूर्ण काम सम्पन्न भइसकेको र अबको केहि दिनमा नै विजुली उत्पादन सुरु हुने वडाध्यक्ष तथा वायू उर्जा उपभोत्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए ।

एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैयाँको सहयोगमा सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत हावाबाट बिजुली निकाल्न लागिएको हो । कुल लागतको १० प्रतिशत लगानी स्थानीय उपभोक्ताले व्यहोरेका छन् ।

यो योजनामा वायु ऊर्जाका साथै सौर्य ऊर्जा पनि रहने निर्माण पक्षले बताएको छ । सौर्यबाट ५० किलोबाट र वायुबाट २० किलोवाट गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जनाएको छ ।

दसैंतिहार सकिए लगतै हावाबाट विद्युत् उत्पादन गरी बिजुली बाल्ने निर्माण कम्पनीको तयारी रहेको बताइएको छ ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्