त्यस्तो घर जहाँ पसेपछि निस्किन ८ घण्टा लाग्ने
सहयात्रा टिभी
एजेन्सी । असोज–२८, विश्वमा अनेकौँ आश्चर्यजनक घटनाहरु भइरहेका हुन्छन् । विज्ञान प्रविधिले साँगु¥याउँदै लगेको विश्वमा दिनप्रतिदिन अनेकौँ अनौठा तथ्यहरु पनि पत्ता लाग्ने गरेको छ ।
त्यस्तै विश्वमा एउटा त्यस्तो घर छ, जहाँ पसेपछि निस्कन नै ८ घण्टा लाग्ने गर्छ । मनोरञ्जनका लागी उक्त घरभित्र पस्ने मानिसहरु डराएर बाहिर आउन नै हतार गरिरहेका हुन्छन् ।
यस घरमा प्रवेश गर्ने मानिसहरुको कपाल काटिदिइन्छ । उनीहरुको अनुहारमा साङ्लोले बेरिदिइन्छ । उनीहरुलाई पिँजडामा समेत थुन्ने काम पनि हुन्छ ।
मानिसहरुको घाँटिमा सर्पसमेत बेरिदिने काम पनि हुन्छ । मनोरञ्जनका निम्ति उक्त घरमा प्रवेश गर्न २४००० मानिसले नाम दर्ता गराएका छन् ।